एमाले कार्यदल बैठक निष्कर्ष उन्मुख, भोलिसम्म टुङ्गो लाग्ने
काठमाडौं- नेकपा एमाले कार्यदलको बुधबार बसेको बैठक सम्पन्न भएको छ । आजको कार्यदलको बैठक निष्कर्ष उन्मुख रहेको एमाले पार्टी प्रवक्ता एवम् कार्यदलका नेता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।
एमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलको पार्टी एकताका सम्बन्धमा भोलि बिहीबारसम्म टुंगो लाग्ने पनि ज्ञवालीले बताउनुभएको छ ।
हामी भोलिसम्म टुंगोमा पु-याउने गरी बैठक बस्नेछौं ज्ञवालीले आजको बैठकबारे बताउदै भन्नुभएको छ । केही प्राविधिक समस्या नआए भाेलिसम्ममा टुङ्गाेमा पुग्छाैं, उहाँले बैठकपछि पत्रकारहरूलाई भन्नुभयाे ।