Connect with us
Kapilvast Forest

तीन दिनदेखि बेपत्ता बालक मृत भेटिए

२०७८, २४ असार बिहीबारमा प्रकाशित

काठमाडौं-कैलालीको टीकापुर नगरपालिका– ८ स्थित घरबाट सोमबारदेखि हराएका भएका तीन वर्षीय एक बालकको शव फेला परेको छ । स्थानीय दिलीप विष्टका तीन वर्षीय छोरा विवेकको बुधबार बेलुकी टीकापुर– ४ बागमारास्थित जमरा कुलोको किनारमा शव फेला परेको हो । उनी गत सोमबारबाट घरबाटै बेपत्ता थिए ।

पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरमा प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । बेपत्ता भएदेखि नै आफन्तले अपहरणमा परेको आशंका गर्दै खोजीका लागि प्रहरीलाई आग्रह गरेका थिए ।

बेपत्ता बालकको खोजीको विषय सुदूरपश्चिम प्रदेश सभामा समेत उठेको थियो । सांसदहरूले बेपत्ता बालकको खोजीमा गम्भीरतापूर्वक लाग्न प्रशासनको ध्यानाकर्षण गराएका थिए । घटना शंकास्पद देखिएकाले र विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

बालकको खोजीमा क्रममा प्रहरीले बुधबार पानी बन्द गरेर कुलो सुकाउन लगाएको थियो । अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी पनि टीकापुर गएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu