Connect with us
Kapilvast Forest

एमाले कार्यदल बैठक सकारात्मक, साँझ ७ बजे पुनः बस्ने

२०७८, २४ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमाले कार्यदलको बिहान सिंहदरबारमा बसेको बैठक सम्पन्न भएको छ । कार्यदलको बैठक सकारात्मक दिशामा अघि बढेको एमाले विवाद समाधान कार्यदलका संयोजक सुवासचन्द नेम्वाङले जानकारी दिनुभएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङ्ले साँझसम्म निश्कर्षमा पुग्ने गरी पुनः बैठकमा बस्ने बताउनुभयाे । पत्रकारहरूले संयुक्त विज्ञप्ति जारी हुन्छ भनि राखेकाे जिज्ञासाकाे जवाफमा नेम्वाङले भन्नुभयाे, विज्ञप्ति ठूलाे कुरा हाेइन सिङ्गाे एमाले कसरी एकतावद्ध गर्ने भन्ने हाे । उहाँले एमाले कार्यदलका बैठक लगायत अन्य गतिविधिका सन्दर्भमा बाहिर आएका विभिन्न चर्चाहरुको भ्रममा नपर्न समेत आग्रह गर्दै बैठक सकारात्मक दिशामा अघि बढेको बताउनुभएको हो ।

पछिल्लो समय एमाले कार्यदल सक्रिय भएपछि कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । यसबीचमा हिजो साँझ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा प्रत्यक्ष भेटवार्ता भएको थियो ।

कार्यदलका नेताहरुपनि सम्मिलत उक्त भेटवार्ता सकारात्मक भएको र आजसम्ममा छलफल टुंगो लगाउने कार्यदलका नेताहरुले विश्वास व्यक्त गर्दै आउनुभएको छ ।
यही अवस्थामा आज बिहान एमाले कार्यदलको बैठक पुनः बसेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu