संसद पुनःस्थापना अनिवार्य सर्त:रामकुमारी झाँक्री
काठमाडौँ -नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भने संसद पुनःस्थापना सहमतिको अनिवार्य सर्त भएको भन्दै कुनै जालझेलमा पर्न नहुने बताउनुभएको छ । पार्टीभित्रको विवाद समाधनका लागि कार्यदलमार्फत निरन्तर वार्ता चलिरहँदा झाँक्रीले संसद पुनःस्थापना अनिवार्य सर्त भएको बताउनुभएको हो ।
फेसबुकमा एक पोस्ट गर्दै झाँक्रीले ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो,’ भन्नुु भएको छ । त्यस्तै, ‘हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ ।
अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन,’ भन्नुभएको छ।