Connect with us
Kapilvast Forest

एमाले कार्यदलको बैठक आज पनि बस्दै

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आज विहान साढे ११ बजे बैठक बस्ने जानकारी दिनु भयो ।

बिहीबार दुई चरणमा बसेको बैठकमा विवाद समाधानका बारेमा कुनै सहमति हुन नसकेपछि थप छलफलका लागि आज बैठक बोलाइएको हो।

थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा बसेका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताउनु भयो ।

पार्टी भित्र देखिएको विवाद समाधान गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्ने गरी कार्यदलका सदस्यहरु छलफलमा छन्। यसबीचमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता समेत भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu