आइतबारबाट आन्तरिक उडान पूर्ण रुपमा खुला !
काठमाडाैं-आइतबारबाट आन्तरिक उडानमा लाग्दै आएको कोटा प्रणाली हट्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा प्रदायकहरुले आइतबारबाट आवश्यकता अनुसार उडान भर्न सक्ने जनाएको हो ।
प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।
वायुसेवा कम्पनीहरुले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । उडान संख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।
सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । अब आइतबारदेखि यो सीमा हट्नेछ ।