Connect with us
Kapilvast Forest

अष्ट्रेलियामाथि वेष्ट इण्डिजको शानदार जित

२०७८, २६ असार शनिबारमा प्रकाशित

एजेन्सी-पाहुना टोली अष्ट्रेलियासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इण्डिज १८ रनले विजयी भएको छ। शनिबार घरेलु टोलीले वेष्ट इण्डिजले दिएको १४६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो।

उसका लागि मिचेल मार्शमार्शले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्। उनले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए। यस्तै, म्याथ्यू वेडले ३३, मोइसेस हेनरिक्सले १६ र डान क्रिश्चियनले १० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा ओबेद म्याकोयले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यस्तै, हेडेन वाल्शले ३, फेबियन एलेनले २ र आन्द्रे रसेलले एक विकेट हात पारे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। उसका लागि अलराउन्डर आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे। उनले २८ बलमा तीन चौका र पाँच छक्कासहित ५१ रन बनाए।

रसेलको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो। यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ४७ रन थियो। त्यस्तै, लिन्डल सिमन्सले २७, शिमरोन हेटमायरले २०, कप्तान निकोलश पूरनले १७ रन बनाए। फाबियन आलेन ८ र ड्वेन ब्रावो ७ रनमा अविजित रहे ।

बलिङमा जोश हेजलउडले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १२ रन मात्र खर्चिएर ३ विकेट लिए। यसक्रममा उनले एक ओभर मेडन राखे। त्यस्तै, मिचेल मार्शले दुई विकेट लिए।

यस जितसँगै पाँच म्याचको टी–२० सिरिजमा वेष्ट इण्डिजले १–० को अग्रता लिएको छ। यी दुई देशबीचको दोस्रो टी–२० म्याच आइतबार हुनेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu