Connect with us
Kapilvast Forest

प्रतिपक्षी दलविरुद्ध सडक प्रदर्शन गर्दै सत्तापक्ष युवा संघ

२०७८, २६ असार शनिबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले जनाएको छ ।

वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् ।

सरकारले निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी गठबन्धनबिरुद्ध युवासंघले सडक प्रदर्शन हुन लागेको हो ।
काठमाडौंको सिडियो भन्छन्–‘निषेधाज्ञामा सडक प्रदर्शन गर्न पाइँदैन’

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर लगाएको निषेधाज्ञा अझै जारी छ । पसल, व्यवसाय तथा यातायात क्षेत्र आंशिक रुपमा खोल्न दिएपनि ठूलो मात्रामा भेला हुने क्षेत्रमा रोक लगाएको छ । सभा, सम्मेलन, जुलुस, बिहे भोज जस्ता कार्यक्रम गर्न रोक लगाइरहेका बेला सत्तापक्षले नै निषेधित क्षेत्रबाट सडक प्रदर्शन गर्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा अहिले पनि कायम रहेकोले जुलुस तथा सभा गर्न नपाइने बताउनु भयो । उहाँले भन्नु भयो –‘जुलुस निकाल्न पाइँदैन । हामीले जुलुस निकाल्न पाइँदैन भनेर प्रहरीलाई भनेका छौँ । जुलुस निस्कियो भने पुलिसले हेर्छ ।’

सरकारले कोरोना रोकथाम गर्न भीडभाड हुने सभा, जुलुस निकाल्न रोक लगाएपनि हरेक दिन जसो विभिन्न विषयमा माइतीघर मण्डला लगायतका क्षेत्रमा सडक प्रदर्शन हुँदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu