एमाले सहमति नजिक, भोलि सुखद् समाचार सुन्न पाउनुहुन्छ:नेता विष्ट
काठमाडौं -एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिनु भयो ।
त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिनु भयो । विष्टले भन्नसु भयो , ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उहाँले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो , ‘अहिले विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’