Connect with us

नुवाकोटमा पनि देखियो ‘डेल्टा प्लस भेरिएन्ट’

२०७८, २७ असार आईतवारमा प्रकाशित

काठमाडौं-नुवाकोटको त्रिशूली अस्पतालमा पीसीआर परीक्षण गरिएका एक जनामा ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको छ।

अन्तर्राष्ट्रिय प्रयोगशालामा ‘जीन सिक्वेन्सिङ’ गर्दा एक जनामा ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताएका छन्। उनका अनुसार, त्रिशूली अस्पतालमा पीसीआर पोजेटिभ देखिएका चार वटा स्वाबलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएको थियो।

त्यहाँबाट पठाएको अन्तर्राष्ट्रिय प्रयोगशालामा ‘जीन सिक्वेन्सिङ’ गर्दा तीन जनामा ‘डेल्टा भेरियन्ट’ र एक जनामा ‘डेल्टा प्लस भेरियन्ट’ पुष्टि भएको हो।

कोरोनाभाइरसको पहिलो लहरमा अल्फा भेरियन्ट देखिएको थियो। दोस्रो लहरमा डेल्टा भेरियन्टको संक्रमण देखिएको थियो। अहिले ती दुवैभन्दा बढी संक्रामक ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको हो।

डा. पाण्डेले प्रेस विज्ञप्ति जारी गरी यो भेरियन्टले कोरोनाको तेस्रो लहरको जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले भनेका छन्, “डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरूलाई उच्च संक्रमण गर्न र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको र सो डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हने उच्च सम्भावना रहेको विज्ञहरूले बताएका छन्।”अहिलेसम्म डेल्टा प्लस भेरियन्ट नेपाल, भारत, बेलायत लगायत एक दर्जनभन्दा बढी देशमा देखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu