Connect with us
Kapilvast Forest

छात्रालाई यौन दुर्व्यवहार गर्ने हेडसर पक्राउ

२०७८, २७ असार आईतवारमा प्रकाशित

rap

काठमाडौं-आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका छन्।

१५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले पुष्टि गरेका छन्।

प्रअ बास्तोलाको दुर्व्यवहार खुलेपछि गाउँलेले उनलाई कुटपिटसमेत गरेका थिए। त्यसै क्रममा प्रहरी गाउँ पुगेर उनलाई पक्रेर ल्याएको हो। केही समययता टोलाउने, आलस्य देखिने लगायत समस्या देखिँदा ती छात्राको परिवारले जँचाउन अस्पताल गरेको थियो। बालिकाको परिवारले छोरीमाथिको दुर्व्यवहार विरुद्ध प्रहरीलाई जाहेरी दिएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu