Connect with us
Kapilvast Forest

पत्रकारको सुरक्षाको लागि आचार संहिता झन् महत्वपूर्ण: अध्यक्ष पोखरेल

२०७८, २७ असार आईतवारमा प्रकाशित

काठमाडौं- पत्रकारिता क्षेत्रमा स्वनियमनकालागि पत्रकारहरुले जोड दिएको छन् ।नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले आइतबार आयोजना गरेको स्वास्थ्य संकटमा पत्रकार आचार संहिता कार्यान्वयन विषयक कार्यक्रममा सहभागिहरुले स्वनियमनको भूमिकामा जोड दिएका हुन् ।

कोरोना महामारी जस्ता संकटमा अझ आचार संहितालाई पालना आवश्यक भएकोमा उहाँहरुले जोड दिनु भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको सुरक्षाको लागि पनि स्वास्थ्य संकटका बेला आचार संहिता झन् महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले कोरोना महामारीको बेला संचारगृहमा व्यवस्थापन सही रुपमा नभएको र कोरोनाको बहानामा निकालिएका पत्रकारहरुलाई पलायन हुनबाट बचाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा स्वमुल्यांकन र स्वनियमन आवश्यक रहेको भन्दै काउन्सिल सहि पत्रकार र पत्रकारिताको पक्षमा सधैं उभिने बताउनुभयो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा र सल्लाहकार निर्मला बस्नेत लगायतले महामारी जस्तो संकटमा पत्रकारहरुले आचार संहितालाई पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu