Connect with us
Kapilvast Forest

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै जुम्ला

२०७८, २८ असार सोमबारमा प्रकाशित

जुम्ला-जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न लागेको छ । बढीमा एक साताभित्र ११ केभी राष्ट्रिय विद्यत्को प्रसारण लाइनमा जुम्ला जोडिन लागेको हो ।

२०४० सालमा तत्कालीन मन्त्री हरिश्चन्द्र महतको प्रयासमा घुघुत्तीमा निर्माण भएको २४० किलोवाटको जलविद्युत् आयोजनाको विद्युत्ले अहिलेसम्म कामचलाउ सेवा दिइरहेको छ । अब भने राष्ट्रिय प्रसारण लाइनमा जोडिन लाग्दा जुम्लावासी खुसी छन् ।

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण शाखा अहिले वितरण लाइन निर्माणमा व्यस्त छ । प्राधिकरणले शनिबारसम्म जुम्ला खलङ्गा बजारदेखि नाग्म क्षेत्रका पोल तथा तारहरूमा विद्युत्को परीक्षण गरेको छ । शाखा प्रमुख गौरव पाण्डेले जुम्ला बजारदेखि लाइन परीक्षण गर्दै चन्दननाथ नगरपालिका–९, श्रीढुस्कामा पुगेको र अब बढीमा एक साताभित्र नाग्मसम्म परीक्षण सकेपछि लाइन जोड्ने बताउनुभयो ।

जुम्लाको सीमा कालीकोटमा राष्ट्रिय प्रसारण लाइन आएपछि त्यसैभित्रको ११ केभी अहिले जुम्ला सदरमुकाम ल्याउने तयारी गरिएको छ । यसैगरी दैलेख क्षेत्रबाट आउने ३३ केभीको लाइनको पनि काम धमाधम भइरहेको जुम्ला वितरण शाखाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले परीक्षणको समयमा भने सो क्षेत्रमा खतरा हुने भएकाले पोल नछुन तथा नजिक नजानसमेत सूचना जारी गरेको छ ।
जुम्ला वितरण केन्द्रले शनिबारदेखि मिचा, उमगाड, लाम्रा, धौलापानी, बाबिरा, तातोपानी, लिताकोट कुडारी राँका, त्रिवेणी नाग्मगाडसम्म निर्माण गरिएका संरचनामा विद्युत् प्रवाह गरी परीक्षण गरिने कार्यक्रम तय भएकाले विद्युत् संरचनाको नजिक नजान, पोल नछुन आग्रह गरेको छ । साथै त्यो समयमा कोही कसैले विद्युतीय संरचनामा क्षति, टुटफुट र पड्किएको पाएमा जानकारी गराइदिन पनि शाखाले अपिल गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu