हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएपछि कोरोनाका बिरामीको उपचार महङ्गो
हुम्ला- हिमाली जिल्ला हुम्लामा जटिल किसिमको कोरोना सङ्क्रमण भएपछि बिरामीको उपचार सेवा महङ्गो हुने गरेको छ । सडक यातायात नजोडिएको र बिरामीलाई हेलिकोप्टर चार्टर गरेर उद्धार गर्नु पर्ने भएपछि उपचार सेवा महङ्गो भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सडक यातायात नजोडिएकै कारण हुम्लामा जटिल केशका कोरोना बिरामीको उपचार हेलिकोप्टरबाट उद्धार गर्नु पर्ने भएपछि महङ्गो हुने गरेको बताउनुभयो । सवै नागरिकका लागि यो सेवा सहज नभए पनि पहुँच भएकाहहरुका लागि पनि निक्कै महङ्गो हुने गरेको हो ।
उहाँले कोरोना संङ्क्रमित बिरामी होक्ने चिकीत्सक र स्वास्थ्यकर्मी सहितको बिशेष हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएको कारणले उपचार आकासिएको बताउनुभयो । एउटा हेलिकोप्टरमा एक जना मात्र कोरोना बिरामी बोक्नु पर्ने भएकोले काठमाडौंबाट हुम्ला र हुम्लाबाट काठमाडौंसम्मको दुईतर्फी भाडा साढे नौ देखि साढे दश लाखसम्म भाडा लाग्ने गरेको कोरोना संङ्क्रमणबाट बिरामी चएर हेलिकोप्टरबाट उद्धार गरिएका स्वास्थ्यकर्मी सन्तोस धामीले बताउदै सडक यातायता नजोडिएको कारण उपचार महंङ्गो भएको बताउनुभयो ।
उहाँले काठमाडौंबाट हुम्ला र हुम्लाबाट जुम्लासम्मको हेलिकोप्टर चार्टरको भाडा साढे नौ लाख तिर्नु भएको थियो । सडक यातायात जोडिएको भए कोरोनाको उपचार यति महङ्गो नहुने बताउदै उहाँले जटिल कोरोना संङ्क्रमितले मर्नुको बिकल्प नभएको बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार हुम्ला जिल्लामा पहिलो दुई जना कोरोना संक्रमितको गत कात्तिकमा नाँम्खा गाउँपालिकाबाट हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
त्यसपछि पौष २७ गते सिटिजन्स बैंकका कर्मचारीलाई जटिल कोरोना संङ्क्रमण लाग्दा काठमाडौंमै हेलिकोप्टरले उद्धार गरेको थियो भने बैशाख ३१ गते सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजकलाई पनि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उद्धार गरिएको थियो । त्यसपछि असार २३ गते जिल्ला अस्पतालका बिशेषज्ञ चिकीत्सक सेवामा कार्यरत चिकीत्सकको पनि हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको थियो ।
चिकित्सक बिष्टको उद्धार
आठ दिनदेखि कोरोना संङ्क्रमित भएपनि छैठौ दिनबाट बिराम जटिक भएपछि बिशेषज्ञ चिकित्सक अमित बिष्टलाई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको छ । जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले कोरोना संङ्क्रमण देखिए पनि छ दिनसम्म सामान्य भएपनि सातौ दिनबाट कोभिड निमोनिया र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको बताउनुभयो ।
अक्सिजनको मात्रा साठीमा झरेको र त्यसपछि बिरामी निक्कै आत्तिन थाल्नु भएको थियो । जिल्लामा अक्सिजन कन्र्सट्रेटरबाट अक्सिजन दिईएको बताउदै उहाँले बिरामीलाई निको हुने लक्षण नदेखिएकोले थप उपचारका लागि काठमाडौं लग्नुको बिकल्प अस्पतालसँग नरहेको बताउनुभयो ।