Connect with us
Kapilvast Forest

सर्वोच्चको आदेशको सम्मान गर्दै पार्टी एकता जाेगाउन योगेश भट्टराईको आह्वान

२०७८, २८ असार सोमबारमा प्रकाशित

  काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान र स्वागत गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आदेशको सम्मान गर्दै उहाँले पार्टी एकता जोगाउनका लागि संयम र धैर्यताका साथ अघि बढ्न आह्वान पनि गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधि सभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्दछु ।’

 

यस्तै नेता भट्टराईले हिजो आइतवार राति भएको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एकढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu