नाटक अझै बाँकी छ:शंकर पोखरेल
अर्घाखाँची- नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गर्नु भएको छ ।
सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको हो ।
पोखरेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहस्य थप खुल्दै जाने पनि जिकिर गरेका छन्। नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जाने लेख्नुभएको हो ।
पोखरेलले लेख्नुभएको छ ,‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’
जनादेशवाट अस्विकृत नेकांलाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः खुल्दै जानेछ। किनकी नाटक अझै सकिएको छैन ।