कांग्रेसबाट गृहमा बालकृष्ण, ज्ञानेन्द्र कानूनमन्त्री
काठमाडौं – नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुहुने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो ।
देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ ।