ओलीलाई सयौं मोटरसाइकलले स्कर्टिङ र स्वागत गर्दै बालकोट पुर्याइने
काठमाडौं -निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास छोड्दै हुनुन्छ ।बिहान ११ बजेपछि उनले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।
ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गर्नु भएको छ ।सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताउनुभयो ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लाग्नुभएको हो ।