भीम रावललाई फोनमा धम्की
काठमाडौं-नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आफूलाई फोनबाट धम्की आएको बताउनुभएको छ ।
एमाले एकताबद्ध बनाउन आफूले खेलेको भूमिकालाई लक्षित गर्दै केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गर्नु भएको छ ।
उहाँनले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको पनि उल्लेख गर्नु भएको छ ।
रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन्। तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारीदिनुपर्छ कि जस्तो लागेको जनाएका छन्।
