थप २९ सय ५ संक्रमित, १८ जनाको मृत्यु
काठमाडौं-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा परीक्षण गर्दा २९०५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६०६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ ।