Connect with us
Kapilvast Forest

मूल्यवृद्धिदर ४-१९ प्रतिशत, रेमिट्यान्स साढे १२ प्रतिशतले बढ्यो

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

bank

 

काठमाडौँ — गत जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४।१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गत जेठमा मूल्य वृद्धिदर ०।३५ प्रतिशत विन्दुले मात्र कम हो । गत आर्थिक वर्षको जेठमा यस्तो मूल्य वृद्धिदर ४।५४ प्रतिशत थियो ।

फाइल फोटो
वार्षिक रुपमा कमी देखिए पनि मासिक रूपमा हेर्दा गत माघयता औसत मूल्यवृद्धिदर क्रमशस् बढिरहेको तथ्यांकले देखाउँछ । जसअनुसार गत माघमा बजारको औसत मूल्यवृद्धिदर २।७०, फागुनमा ३।०३, चैतमा ३।१० र वैशाखमा ३।५६ प्रतिशत छ ।

 

चालू आर्थिक वर्षको ११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ६।२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २।६३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशस् ३०।९८ प्रतिशत, ९।८४ प्रतिशत, ९।८१ प्रतिशत र ९।७० प्रतिशत रहेको राष्ट्र बैंकको ११ महिनाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, जेठ महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ३।८७ प्रतिशत, तराईमा ४।४७ प्रतिशत, पहाडमा ४।३२ प्रतिशत र हिमालमा १।७२ प्रतिशत छ । २०७७ जेठमा काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ४।४३ प्रतिशत, तराईमा ४।८६ प्रतिशत, पहाडमा ४।१३ प्रतिशत र हिमालमा ४।३४ प्रतिशत रहेको थियो ।

गत जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो । चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समार्फत ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२।६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३।२ प्रतिशतले घटेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu