काँग्रेस पदाधिकारी बैठक २ बजे बस्दै, महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल हुने
काठमाडौं- नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दैछ । काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्न लागेको काँग्रेस नेतृ डा. डिला संग्रौलाले जानकारी दिनुभयो ।
काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा आजको बैठकको छलफल केन्द्रित रहने संग्रौलाले बताउनुभएको छ । आगामी भदौं १६ देखि १९ गतेसम्म हुने भनिएको काँग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न नसके यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने समेत स्वयम् काँग्रेसका नेताहरुले बताउदै आएका छन् ।
काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धमा असार मसान्तसम्म टुंगो लगाउने बताउदै आएको थियो । साथै सरकार सञ्चालनकाे जिम्मेवारी समेत पार्टीमा थपिएकाले गठबन्धनसँगकाे सम्बन्ध तथा सरकार गठन लगायत विषय अगाडि आएकाे अवस्थामा काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।