Connect with us
Kapilvast Forest

पोखराका मेयर जिसीलाई मस्तिष्कघात हेलिकप्टरमार्फत काठमाडौं लगियो

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

 

कास्की- पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । थप उपचारका लागि उहाँलाई भरखरै काठमाडौं लगिएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।

थप उपचारका लागि मनिपाल हस्पिटलबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिनुभयो । हेली एभरेष्टमार्फत उहाँलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा उपचार गरिने भएको छ ।

उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएकोले देब्रेहरमा समस्या देखिएपनि जिसी हल्का बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu