Connect with us
Kapilvast Forest

पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा पाल्पामा एकको मृत्यु

२०७८, २ श्रावण शनिबारमा प्रकाशित

 

पाल्पा –पाल्पामा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु भएको छ ।तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द ९मुमलाल० पुनको मृत्यु भएको हो ।

पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँ डुँम्रेमा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएको थियो ।

ट्याक्टर हिलोमा फस्न जाँदा लु १ क २४९६ र लु १ क २४९७ नम्वरको जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिएको थियो ।

लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते हुनुभएको छ ।घाइते उहाँको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको जनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu