Connect with us
Kapilvast Forest

प्रदेश-२ मा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने

२०७८, २ श्रावण शनिबारमा प्रकाशित

सप्तरी – मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिनुभएको छ । नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा बुझाउनु भएको हो ।

जनता समाजवादी पार्टीबाट नेतृत्व गर्दै आउनुभएका मन्त्रीद्वयले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामापत्र बुझाउनुभएको स्रोतले जनाएको छ । यसैबीच मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ ।

पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागी हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको हो । प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी हुनुहुने भएको छ। दुवै जनाले आज दिउँसो ३ बजे मधेश भवनमा पद तथा गोपनीयताको शपथ लिने तयारीमा जुट्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu