मैत्रीपूर्ण खेलमा आर्सनल रेन्जर्ससँग बराबरीमा रोकियो
एजेन्सी- प्रिमयर लिग सुरु हुनुभन्दा पहिले मैत्रीपूर्ण खेल खेलेको इंग्लिस क्लब आर्सनल स्कटिस क्लब रेन्जर्ससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेलेका हुन् ।
खेलको १४ औं मिनेटमा रेन्जर्सका लिओन बालोगनले गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाए । २३ औं मिनेटमा नुनो ट्राभर्सले गोल गर्दै आर्सनललाई बराबरीमा ल्याए ।
७५ औं मिनेटमा फेरि सेड्रीक एलटनको गोलबाट रेन्जर्सले अग्रता बनायो । ८३ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई हारबाट जोगाए । आर्सनलले अगस्ट १४ मा ब्रेन्टफोर्डविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुवात गर्नेछ ।