Connect with us
Kapilvast Forest

नेपाल पक्ष फेरि पनि स्थायी कमिटी बैठकमा अनुपस्थित

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

 

 

काठमाडौँ — एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ । च्यासलस्थित तुलसी स्मृति भवनमा मध्याह्न बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको उनको भनाइ थियो ।

 

तर नेपाल पक्षका कुनै नेता बैठकमा सहभागी नभएका हुन् । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता थिएन । उक्त बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आजै प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । एमालेले शुक्रबारै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । संसद्‌मा एमालेको १२१ मत छ । स्थायी कमिटी बैठकमा सहभागिता नजनाएको नेपाल पक्षले देउवालाई विश्वासको मत दिने/नदिनेबारे स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu