देउवालाई विश्वासको मत दिन झलनाथ खनालको आग्रह
काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिन आग्रह र्नु भएको छ । आज विज्ञप्ति जारी गरी खनालल नेकपा एमालेका संसदीय दलका सबै सांसदलाई विश्वासको मत दिन आग्रह गर्नु भएको हो ।
नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले मुलुकलाई संकटबाट बचाउन सरकारलाई विश्वासको मत दिन आग्रह गर्नु भएको हो । उहाँले विज्ञप्तिमा भन्नुभएको छ ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।’
