कमल थापाको प्रतिक्रिया स् दुष्परिणाम आजैबाट देखिन शुरु भयो
काठमाडौं-राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिनु भएको छ ।
चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्ता स्वार्थका निम्ति एक ठाउँमा उभिने बाटो खुलेको बताउनु भएकोछ ।
‘विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय हो। पार्टी फुटाएर, सांसद किनबेच गरेर, फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधानको मनसाय कदापि होइन’ थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ‘यो व्यवस्था परम्परागत संसदीय व्यवस्था होइन भन्ने कुतर्क गरेर गलत अभ्यासको पक्षपोषण गर्नु उपयुक्त होइन ।
’ देउवाले विश्वासको मत लिँदा राप्रपाले देउवालाई मत दिएको थिएन भने कमल थापाले पछिल्लो समय केपी ओलीको कदमको समर्थन गर्दै आउनु भएको छ ।