माधव नेपालविरुद्ध युवा संघको प्रदर्शन
कामठाडौं -नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् ।सोमबार युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिनु भएको थियो । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।