शिवराजमा किन स्थगित भयो भरोसेल खोप अभियान
कपिलवस्तु-मौज्दात खोप सकिएपछि कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ।शिवराज नगरपालिकाले आज (सोमबार )एक विज्ञप्ति सार्वजनिक गर्दै खोप कार्यक्रम स्थगन भएको जानकारी दिएको हो।
शिवराज नगरपालिकाकाले निकालेको उक्त सुचनामा भनिएको छ शिवराज नगरपालिका अन्तर्गतका वडाहमा छुट्टाइएको भेरोसेल खोपको मौज्दात सकिएपछि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
साउन ३ गतेदेखि सुरु भएको भेरोसेल मात्राको खोप अभियान साउनआज सकिए पछि अर्को सुचना नआउँदा सम्मको लागि खोपको मात्रा लगाउने कार्यक्रम स्थगन भएको शिवराज नगरपालिकाको कार्यलयले जनाएको छ ।
