Connect with us
Kapilvast Forest

कोरोना महामारीकाबीच मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं – कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् ।यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ ।

गएको वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ ।

यसवर्ष झण्डै १० हजारको सङ्ख्यामा तीर्थयात्री मक्का पुगिसकेको खबरमा उल्लेख छ । खोप नलगाउनेहरुलाई प्रवेश दिइएको छैन । यसअघि ईदकै लागि बङ्गलादेशले एक हप्ता लकडाउन खुला गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu