सरुवा रोग अस्पताल निर्माणकोलागि सार्वजनिक सुनुवाइ
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्ने पक्का भए सगैं उक्त ठाउँमा अस्पताल निर्माणको लागि वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को मस्यौदा प्रतिवेदनको सार्वजनिक सुनुवाइ तथा सर्वपक्षीय भेलामा सम्पन्न भएको छ।
शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि लुुम्विनी प्रदेश सदस्य अर्जुन कुमार के सि ले प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माण प्रकृया यथासिघ्र गर्दै समुदायको चित्त बुझाएर काम गर्नुपर्नेमा जोड दिनुभयो।नेपाल सरकारको स्वामित्वमा रहेको ९.६२ विगाह क्षेत्रफलमा फैलिएर बन्ने ५० शैय्याको अस्पतालमा एक्सरे सेवा, प्याथोदोजि ल्याव ,इ सि जी, युुएजि लगायतका सेवा सञ्चालनमा आउने बताउनुभयो ।
२०७७ असोज २० गतेबसेको लुम्विनी प्रदेशको मन्त्री परिषदको बैठकले सिफारीस गरेको निर्णयलाइ तत्कालिन प्रधानमन्त्रि के पि शर्मा ओलिले २०७७ असोज २६ गते बसेको मन्त्रिपरिषदको कार्यलयबाट उक्त सिफारीसलाई राष्टिय तथाप्राथमिकताको आयोजनामा राखेको के सिले बताउनुभयो ।अनुुमानित रु ६८ करोड लागतको आयोजनामा निर्माण हुने उक्त आयोजना ३६ महिना भित्र निर्माण्को कार्य सक्ने गरी अगाडि बढ्ने बताउनुभयो ।
उहाँले स्थानीय निकाय र सरोकारवालासंग सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गर्नुहुँदै उक्त अस्ताल निमार्ण सम्पन्न गर्नको लागि प्रदेश सुरकार
,स्थानिय तह र केनद्र सरकारकारको विषेश भुमिका रहेको बताउनुभयो । निर्माण हुने भनिएको ठाउमा कुनै किसिमको कसैको बाधा अवरोध नआएको र नकरात्मक किसिमको वातावरणिय प्रभाव नपर्ने प्रदेश सभा सदस्य केसिले बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथीको रुपमा रहनुभएका नगर प्रमुख नेत्रराज अधिकारीले अप्यतालको दिर्घकालिन फाईदाको चर्चा गर्दै
स्थानीयहरुलाइ कोहि कसैलाइ क्षति नहोस भनेर उक्त छाउलाइ छनोट गरेको बताउनुभयो । छनोट गरीएको उक्त ठाउँजिल्लाको मात्रे नभएर अन्य जिल्लाको पनि पयक पर्नै ठाउँमा रहेको बताउनुभयो । उक्त ठाउँ त्यस्तो कुनै खालको पर्यावरणिय हिसादले असर नगर्ने खालको भएको बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि बक्तहरुले यो आयोजन प्रदेशकै गौरवको आयोजन भएकाले सबै एकजुट भएर अगाडि बढ्न सुुझाव दिएका थिए । उक्त आयोजना सम्पन्न गर्न हरेक तवरलेसहयोग गर्ने बक्ताहरुले बताएका थिए ।
सार्वजनिक सुनुवाइमा जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य रवि दत्त मिश्र,नेपाली कांग्रेश शिवराज नगर सभापति मधुु पोख्रेल,नेपाल कम्युुष्टि पार्टी ने कपा (एमाले ) शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल , जनता समाजवादि (ज स पा) का शिवराज नगर कमिटी अध्यष कृष्ण कुमार चौधरी , नेपाली कांग्रेशका नेता हुमकान्त पोख्रेल, हरी पोख्रेल, उध्योग वाणिज्य संघ चन्द्रौटाका वसरष्ठ उपाध्यक्ष इश्वरी पाण्डे लगायतले आफना विचार राख्नुभएको थियो