जनताको तागतले प्रतिगमन परास्त भयो : प्रचण्ड
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्वहरू परास्त भएको बताउनुभएको छ। जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको प्रचण्डको भनाइ छ।
‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भए,’ प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ ,
‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो। तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भएका छन्।’उहाँकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन पनि आग्रह र्नु भएको छ ।