Connect with us
Kapilvast Forest

व्यवसाय शुरु तथा सुधार गर्न ७ दिने (SIYB) तालिम

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

 सागर पौडेल ,कपिलवस्तु- कपिलवस्तुमा व्यवसाय शुरु तथा सुधार गर्न प्रशिक्षकहरुको प्रशिक्षण कार्यक्रम अन्तर्गत ७ दिने (SIYB) तालिम सम्पन्न गरिएको छ । युवाहरुको क्षेत्रमा काम गर्दै आएको नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना, राष्ट्रिय युवा परिषदको सहकार्य, अन्तराष्ट्रिय श्रमिक संगठन (ILO )को आर्थिक सहयोग तथा यु के एईड को समन्वयमा कपिलवस्तुको बाणगंगा स्थित पिस हिमालय रिसोर्टमा ७ दिने तालिम सम्पन्न भएको हो ।

लक्षित समुहका व्यक्तिहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु र सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा कपिलवस्तुका १० वटा स्थानिय तह र रुपन्देहीका ३ स्थानीय तहहरुबाट सहभागिता रहेको थियो । विशेष गरि व्यवसाय सुरु तथा सुधार गर्न चाहाने सम्भाव्य तथा व्यवसाय गरिरहेका उद्यमीहरुका लागि सञ्चालन गरिने कार्यक्रमका अतिरिक्त उद्योग व्यवसायका विकासमा सहभागि छनोट, तालीम संचालन, अनुगमन र मुल्यांकन कसरी गर्ने आदि विषयमा केन्द्रित तालिम निकै प्रभावकारी रहेको सहभागिले बताएका छन् । तालिममा प्रशिक्षकद्धय मुकुन्द ज्ञवाली र दिलिप थापाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षकले खासगरि एक हप्ते तालिममा व्यवसायको परिचय, अवधारणा, सफल उद्योगीका विशेषताहरु, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, बजार योजना, बजार र बजारीकरण, वस्तु तथा सेवा उत्पादन योजना लगायत विषयमा स्पष्ट पारेका थिए । त्यस्तै उत्पादन योजना, खर्च योजना, योजनको कोचिङ् कसरि गर्ने, व्यवसयामा महिलाको आवश्यक किन छ, फाईदा के के छन् विविध विषयमा अन्तरक्रियात्मक क्रियाकलाप गर्दै प्रशिक्षण गराईएको थियो ।

त्यस्तै प्रस्तुतीकरण सम्बन्धी सीपको बारेमा पनि प्रकाश पारिएको थियो भने व्यवासायसंग सम्बन्धित विभिन्न खेलहरु पनि खेली अभ्यास गरिएको थियो । त्यस्तै सहभागिबाट समुह बिभाजन गरि विभिन्न व्यवसायीक योजना तथा प्रशिक्षकको रुपमा विकास भई पाठ्यक्रम योजना समेत बनाई सहभागिले प्रस्तुत गरेका थिए ।

७ दिने तालिममा रहेर सोंचे भन्दा बढि ज्ञान प्राप्त गर्न सफल भएको र प्रशिक्षकले प्रभावकारी रुपमा सहजिकरण गरेको भन्दै सहभागि राजेन्द्र खनाल र दुर्गा घिमिरेले खुसी व्यक्त गरेका थिए । साथै सहभागिलाई प्रमाण पत्र पनि हस्तान्त्रण गरिएको थियो । त्यस्तै यो तालिमले हौसला प्रदान गरेको भन्दै आफुलाई निकै प्रभावकारी रहेको सहभागि गंगा न्यौपानेले बताईन् । यता प्रशिक्षक दिलिप थापाले प्रशिक्षणका क्रममा सहभागिको निकै सक्रिय सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे ।

उनले अब तालिममा सिकेका ज्ञानहरुलाई व्यवहारमा पनि लागु गर्न सुझाव दिए । त्यस्तै आगामि दिनमा कुनै समस्या भएमा सहयोग गर्ने र युवाहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गरे । समापन कार्यक्रमका अध्यक्ष तथा आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीले तालिमलाई सफल तुल्याउन अहम भुमिका खेल्नुहुने प्रशिक्षकद्धय, सहभागी तथा सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।

उनले तालिम लिएर मात्र नहुने भन्दै तालिममा सिकेका अनुभव र ज्ञानलाई समाजमा हस्तान्त्रण गर्ने व्यवहारमा लागु गरेमा मात्रै उपलब्धिमुलक हुने बताए । आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, प्रशिक्षकद्धय मुकुन्द ज्ञवाली, दिलिप थापा, राष्ट्रिय युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरे, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्बासे लगायतको आतिथ्यता, प्रशिक्षार्थीको सक्रिय सहभागिता तथा हरि आचार्यको सञ्चालनमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu