Connect with us
Kapilvast Forest

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ साउन १४ देखि

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं – मैलुङ खोला जलविद्युत कम्नीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । आइपिओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द हुने कम्पनीले जनाएको छ । आइपिओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu