Connect with us
Kapilvast Forest

चीनबाट थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

 

काठमाडौं- चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताउनुभयो ।

उहाँका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । आज बेइजिङ जाने जहाज भोलि दिउँसो २ बजे काठमाडौं फर्कने उहाँले बताउनुभयो ।

त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार वाइडवडी जहाज बेइजिङ जाने कार्यक्रम छ । नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu