Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवासँग जापानी राजदूत किकुता युताकाकाे शिष्टाचार भेट

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्नुभएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग राजदूत युताकाले शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुहुँदै जापानी राजदूतले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाउनुभएको बधाई सन्देश पनि हस्तान्तरण गर्नुभयाे ।

साथै, प्रधानमन्त्री देउवाले जापानमा बनेको अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा धन्यवाद दिनुभएको छ । जापानले दिन लागेको उक्त खोप केही दिनमै नेपालमा आउने बताइएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu