Connect with us
Kapilvast Forest

सरकारले जनताले देख्ने गरी काम गर्छ : प्रधानमन्त्री देउवा

२०७८, ८ श्रावण शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई संसदमा उपस्थितिको लागि ह्वीप नगलाएको तर अनुरोध मात्र गरेको बताउनुभएको छ । साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन दलका सांसदहरुलाई अनुरोध मात्र गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिनिधिसभा बैठकमा शुभकामना दिने क्रममा उठाइएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीभित्र अनुशासन चाहिने तर अरु दलभित्र अनुशासन नचाहिने यो कस्तो प्रणाली हो रु टिप्पणी गर्नुभएपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो ।

कोभिड खोपका लागि सरकार लागिपरेकाले जनताका लागि सकेसम्म खोपको व्यवस्था गर्ने बताउनुभयो । आफू नेतृत्वको सरकारले सकेसम्म देखिने काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । आफू नेतृत्वको सरकार गठबन्धन दलको सरकार भएकाले सबैको सहयोग र सहकार्यमा काम हुने बताउनुभयो । आफूलाई मतदान दिई प्रधानमन्त्री बनाउनुभएकोमा उहाँले सबै सांसदहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

संसद बैठकमा दलको तर्फबाट नवनियुक्त प्रधानमन्त्री देउवालाई सांसदहरुले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । बधाई दिनुहुने सांसदमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, काँग्रेसबाट प्रकाशमान सिंह, माओवादी केन्द्रबाट हरिबोलप्रसाद गजुरेल, जसपाबाट महेन्द्र राय यादव र अनिलकुमार झा, नेमकिपाबाट प्रेम सुवाल, राष्ट्रिय जनेमोर्चाबाट दुर्गा पौडेल, राप्रपाबाट राजकुमार लिङदेनले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संसद बैठकमा महालेखा परीक्षकको सन्ताउन्नौं वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभयो । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७८ संसद बैठकमा पेश गर्नुभयो । अर्को बैठक १२ गते मंगलबार १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी गराउनुभयो ।
लक्की चौधरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu