Connect with us
Kapilvast Forest

तीन दिनदेखि व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

२०७८, ८ श्रावण शुक्रबारमा प्रकाशित

 

हुम्ला- एक व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि उहाँको सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी अदानचुली गाउँपालिका–३ को बारी गाउँकी २१ वर्षकी सुनकेसा रावलको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको बताउनुभयो ।

रावल पहिलो पटक गर्भवती हुनुभएको थियो । व्यथा लागेर बिरामी भएपछि तीन दिनदेखि स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने प्रयास गरिएको भएपनि सुत्केरी गराउन सम्भब नहुँदा जिल्ला अस्पतालमा खवर गरिएको थियो ।

उहाँले जिल्ला अस्पताललाई शुक्रवार मात्र खवर आएको र त्यस लगत्तै गाउँपालिकाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा गर्भवतीको उद्धार गरिएको बताउनुभयो ।

हेलिकोप्टर रिजर्भ गरेको भाडा सबै उक्त कार्यक्रमबाट व्यहोरिनेछ । चालु आर्थिक वर्षमा गर्भवती महिलाको यो पहिलो उद्धार हो । गतवर्ष पाँच जना महिलाको यसरी सो कार्यक्रमबाट उद्धार गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu