Connect with us
Kapilvast Forest

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।

त्यसक्रममा सभामुख सापकोटाले विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu