Connect with us
Kapilvast Forest

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपाल पक्ष पनि सहभागी

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ ।मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी हुनुन्छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुन्छ ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ । नेपाल समूहबाट डा। विजय पौडेल बैठकमा सहभागी रहेको बालुवाटार स्रोतले बतायो । यद्यपि एमाले सरकारमा जानेरनजाने विषय अझै एकीन हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री हुनुन्छ ।

अब जनता समाजवादी पार्टी (जसपा) लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताउनुभयो । , ‘जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेकाले अब मन्त्रिपरिषद विस्तार हुन्छ । त्यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो ।’निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu