Connect with us
Kapilvast Forest

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

 

काठमाडौं – कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भन्नुभयो , “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

 

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।

उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।बैठकमा सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिंदा त्यहीँकै निरीक्षक नहुने व्यवस्था गर्न सुझाव दिनुभयो । “नत्र चोरेर पास गराउने पनि हुन सक्छ,” अधिकारी ले भन्नुु भयो ।

सांसद मानबहादुर बिश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै कार्य कतैबाट हुन नहुने बताउनुभयो ।सांसद मनकुमारी जिसीले परीक्षा संचालन गर्दा स्वास्थ सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

सौसद गिरिराजमणि पोखरेलले शिक्षक र विध्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताउनुभयो ।साथै उहाँले नेपालले कोरोनाका बाबजुद शैक्षिक सत्र बचाएको बताउनुभयो । र, अब आन्तरिक मूल्यांकनमा स्कुलले जथाभावी नगरुन भनेर स्थानीय सरकारलाई अवलोकनको जिम्मेवारी वा अधिकार दिइनुपर्ने पनि बताउनुभयो ।

सांसदहरूका प्रश्नको जवाफ दिंदै शिक्षा मन्त्रालयका सचिव रामकृष्ण थपलियाले सिसिएमसीसीको निर्णय अनुसार परीक्षा संचालन गर्न लागिएको बताउनुभयो ।

सीसीएमसीसीले स्वास्थ सुरक्षा मापदण्ड अपनाउन भनेकाले सोही अनुसार व्यवस्थापन गर्न परीक्षा केन्द्रहरुलाई भनिएको र अझ भनिने उनहाँले बताउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu