गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु,सात जना घाइते
गुल्मी – जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा अरु सात जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन ल्याइँदैछ ।
दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।