Connect with us
Kapilvast Forest

नेप्से १५ अङ्कले बढेर ३१ सय विन्दु नजिकै, १३ अर्बभन्दा धेरैको कारोबार

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

nepse high

काठमाडौं– शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि बढेको छ । बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से १५ दशमलव ३ अङ्कले बढेर तीन हजार ९४ दशमलव ९४ विन्दुमा पुगको छ ।

आज व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, अन्यको २०, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ ।

आज दुई सय १९ कम्पनीका दुई करोड ८१ लाख कित्ता शेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ३८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नारायण विकास बैंक, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu