Connect with us
Kapilvast Forest

एमालेको विवाद आज वारपार

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ।

‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, भोलि बस्ने ‚’थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले एक छुट्टै प्रसंगमा नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका थिए ।

एमालेको विधानले त्यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले यसअघि विवाद समाधानका लागि बनेको कार्यदलबाट पारित १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए ।

हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ,” उनले भने, त्यसरी जाँदा विद्यमान विधान र नियमावलीमा के छ ? त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu