Connect with us
Kapilvast Forest

भोलिदेखि बुद्ध एअरको पोखरा–नेपालगञ्ज उडान

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

काठमाडौंं-बुद्ध एअरले भोलि १७ साउनदेखि पोखरा–नेपालगञ्ज सीधा उडान गर्ने भएको छ। उडान साताका तीन दिन, आइतबार, बुधबार र शुक्रबार हुनेछ।

एअरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णका अनुसार, पोखराबाट बिहान ९ बजेर १० मिनेटमा र नेपालगञ्जबाट पोखरा १० बजे उडान गरिनेछ।यात्रुको माग अनुसार, उडान संख्या थप हुँदै जाने कर्णले बताए ।

बुद्धले यसअघि उपत्यका बाहिरका शहर पोखरा–भरतपुर, पोखरा–भैरहवा र विराटनगर–तुम्लिङटार नियमित उडान भर्दै आएको छ। कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको पोखरा–विराटनगर पोखरा–सिमरा र भरतपुर–भैरहवा उडान पनि छिटै शुरू गर्ने कम्पनीको भनाइ छ।

कम्युनिकेशन म्यानेजर कर्णका अनुसार, उपत्यका बाहिरको बढ्दो जनघनत्व, सरल र छिटो यात्रामा यात्रुको रुचि लगायत कारणले उडान गन्तव्य विस्तार गर्दै लगिएको हो।

बुद्ध एअरले अहिले काठमाडौंबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा नियमित उडान गरिरहेको छ। कोरोना महामारीका कारण काठमाडौं र पोखराबाट हुने माउन्टेन फ्लाइट भने स्थगित छ। कर्ण यात्रुमा कोरोना फैलिन नदिन ‘कोभिड विरुद्ध सुरक्षा निर्देशिका’ पालना अनिवार्य गरेको  बताउँछन्।  “यात्रुलाई मास्क र फेसशिल्ड अनिवार्य गरिएको छ। खटिएका जनशक्तिलाई नियमित तालीम पनि दिइरहेका छौं । हरेक उडान पश्चात् विमानलाई स्यानिटाइज गछौं”, कर्ण भन्छन् ।

कम्पनिका मार्केटिङ सेल्स एन्ड ग्राउन्ड हेन्डलिङ विभागका प्रमुख रूपेश जोशी आन्तरिक उडानमा करीब ६५ प्रतिशत हिस्सा ओगटेको बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पश्चात् अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा  गरिसकेको बताउँछन्।

बुद्ध एअरले सन् १९९७ मा पहिलो पटक १९००–डी जहाज मार्फत आन्तरिक उडानमा प्रवेश गरेको हो। यो कम्पनीसँग अहिले १० वटा ७२ सीटे एटीआर–७२, तीन वटा ४२ सीटे एटीआर–४२ र दुईवटा विचक्राफ्ट जहाज छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu