Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बस्दै, होला विवाद समाधान ?

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

काठमाडाैं-नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न ३ बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । एमालेमा आन्तरिक एकताका लागि शनिबारको बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो ।

विवाद समाधानका लागि विघटित कार्यदलले प्रयास जारी रहेको बताएपनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले एक अर्काको आलोचना गर्न छाडेका छैनन् ।

वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।

अध्यक्ष ओलीले भने नेता नेपालले आफ्नो सरकार ढाल्न मुख्य भूमिका खेलकोले उनलाई एमालेमा ठाउँ नभएको बताइरहेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu