Connect with us
Kapilvast Forest

धानबालीमा गवारो रोगको प्रकोप

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

 

टीकापुर- कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ ।

उहाँको खेतमा धानका गुभो मर्दै गएपछि उहाँ चिन्तित हुनुभएको छ । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताउनुभयो । “दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “प्राविधिकसँग सल्लाह लिएर आए । यति मेहनत गरेर लगाएको खेतमा यसरी रोग फैलिए उत्पादन बढी लिन सकिँदैन । यो रोगले धानको बोट नै नोक्सान गर्छ ।”

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव किरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ ।

किराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसान वीरबहादुर चौधरीले जानकारी दिनुभयो । “ किराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, यसरी बोट नै मरेमा उत्पादन लिनसक्ने कुरै हुँदैन”, उहाँले भन्नुभयो, “अब खेती गर्न धेरै मेहनत गर्नुपर्छ । धेरै दिनपछि सिँचाइ गरौँ भनी खेतमा छिर्दा धानका बोट किराले काटेर सखाप पारेको रहेछ ।”

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सुक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलने गरेको टीकापुर नगरपालिका कृषि शाखाका प्राविधिक केशव भट्टले जानकारी दिनुभयो ।

“गवारो किराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “धान खेतमा किराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले ध्यान दिन जरुरी छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको जिल्लामा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, उहाँ भन्नुहुन्छ, “अर्कोतर्फ विभिन्न रोग तथा प्रकोपको समयमा उपचार गरिएन भने उत्पादन बढी लिन सकिँदैन । त्यसैले किसानले मलखाद, आवश्यक सुक्ष्म तत्व र सिँचाइमा ध्यान दिन आवश्यक हुन्छ ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu