Connect with us
Kapilvast Forest

पदमा बहाल रहँदा व्यापार–व्यवसायमा संलग्न हुनेछैन : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवा, सुविधा नलिने घोषणा गर्नुभएको छ । राज्यमन्त्री श्रेष्ठले आज सोमवार मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवा, सुविधा नलिने घोषणा गर्नुभएको हो ।

उहाँले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । ‘स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने यसै प्रतिबद्धता पत्रमार्फत सार्वजनिक गर्न चाहन्छु । अहिलेसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनीरूपमा नै त्याग गरिसकेको छु’, राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवा–सुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास, तलब, भत्तालगायतका कुनै पनि पारिश्रमिक र सुविधा नलिने घोषणा गर्दछु ।’

राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आउँदाे चैतसम्म कोभिडविरुद्धकाे खोप लगाइ सक्ने योजना पनि सार्वजनिक गर्नुभयो । नेपाली नागरिककाे जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उहाँले चैतसम्म सबै नेपालीलाई खोप लगाइ सक्ने बताउनुभएको हो ।

कार्य योजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अभिलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । उहाँले दोस्रो डोज खोपको पर्खाईमा रहेका ज्येष्ठ नागरिकलाई अभिलम्ब खोपको व्यवस्था गर्ने पनि बताउनु भयो । त्यसका लागि आफूले खोपको व्यवस्थापन हुने गरी खोप कूटनीतिलाई उच्च प्राथमिकता दिएको पनि राज्यमन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।

कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ । राज्यमन्त्री श्रेष्ठले कोभिड १९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबैै नेपालीलाई आह्वान गर्नुभएको छ । उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि पालिकासँग समन्वय गरी आउँदाे साउन २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरी आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने जानकारी पनि दिनुभयो ।

राज्यमन्त्री श्रेष्ठले कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरूको समूह गठन गर्ने योजना पनि अघि सार्नुभएको छ । उहाँले अघि सार्नुभएको २३ बुँदे कार्य योजनामा कोभिड सङ्क्रमितहरूको उपचारका लागि आवश्यक अस्पताल र उपकरणको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu